Comments Add Comment

अचम्म छः ‘हलमा ७ वटा फिल्म, तर सबै भन्छन् दर्शक जति मेरै’

nagbeli-ko-darsak
बक्स अफिसमा चलचित्र हिट होस् या नहोस्, फेसबुकमा भने ब्लकबस्टर हुने गरेका छन् । निर्माता, कलाकार, निर्देशकहरु आफू हिट भएको देखाउनका लागि फेसबुकमा दर्शको झुण्ड हाल्छन् र भन्छन्-‘दर्शकको माया र साथले उत्साहित छु ।’

पछिल्ला केही महिनालाई हेर्ने हो भने धेरै नेपाली चलचित्र फेसबुकमा हिट हुन थालेका छन् । चलचित्र चलेको ३ महिनापछि जतिबेला निर्माताले हिसाब गर्छन्, त्यतीबेला मात्र थाहा हुन्छ, गोजीमा कती दाम आउने रहेछ ।

धेरैजसो निर्माता, कलाकार, निर्देशकको फेसबुकमा अहिले गोपिकृष्ण र अष्टनारायण हलको तस्बिर देखिन्छ । यो भन्दा बाहेकका हलमा गएर कसैले पनि दर्शक चलचित्र हेर्न आए भनेर फेसबुकमा फोटो हालेको देखिदैन ।

सबैलाई थाहा छ, गोपिमा ७ वटा पर्दा छ भने अष्टनारायणमा ४ वटा पर्दा छ । जसमा हिन्दी, नेपाली गरेर केही चलचित्र लागेका छन् । यसको अर्थ स्पष्ट छ कि, यी हलमा चलचित्र हेर्न आउने दर्शक एउटा मात्र चलचित्रका होइनन् ।

७ वटा पर्दामा चलचित्र हेर्न शनिबार आउने दर्शकको भीड गोपिमा लाग्नु कुनै नौलो कुरा होइन । ती सबै दर्शकलाई मेरो भन्दै फेसबुकमा तस्बिर पोष्ट गर्ने र चलचित्र हिट भएको भन्दै मनको लड्डु खाने निर्माता, कलाकार र निर्देशक बढ्दै गएका छन् ।

झन्, हिजोआज त दर्शकले कलाकारलाई बोक्ने, हुटिङ गर्ने र ती तस्बिर फेसबुकमा राखेर आफू स्टार भएको कल्पना गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । केही चलचित्रले भने गजबकै व्यापार पनि गरेका छन् । कुनै चलचित्र ७ वटा पर्दा भएको गोपिमा ५ वटा पर्दामा समेत चल्ने गरेका छन् । तर, धेरैजसो चलचित्रका निर्माताले यी दुई हलको तस्बिर खिचेर चलचित्र चलेको हल्ला पिटाएको देखिन्छ ।

अझ केही निर्माता त थोरै दर्शकको समुह खिचेर चलचित्रको व्यापारबाट सन्तुष्ट रहेको समेत बताउन पछि पर्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment