Comments Add Comment

पोर्न फिल्म हेर्ने जागिरको लागि विज्ञापन खुल्यो, तलब मासिक साढे ३ लाख

pronके तपाइँले कहिल्यै फिल्म हेरेर उल्टै पैसा पाएको थाहा पाउनुभएको छ ? अझ पोर्न फिल्म हेरेर पैसा पाउने भन्ने कुरा त हुनै नसक्ने जस्तो लाग्न सक्छ ।

तर अहिले एउटा यस्तो जागिरको लागि विज्ञापन खुलेको छ जसमा पोर्न फिल्म हेरेबापत लाखौँ रुपैया कमाइनेवाला छ ।

हो, दुनियाको सबैभन्दा सुखी देश मानिएको डेनमार्कको एक बारले पोर्न फिल्म हेर्ने कर्मचारीको लागि दरखास्त आव्हान गरेको छ । धेरैका लागि यो सपना जस्तो लाग्नसक्छ ।

तर डेनमार्कको अरहसमा रहेको दी हर्नस्लेथ बारले पोर्न फिल्म हेर्ने कर्मचारी भर्ना गर्न लागेको छ  । यो जागिरमा छनोट हुने कर्मचारीले हप्तामा २० घण्टासम्म पोर्न फिल्म हेर्नुपर्नेछ ।

कर्मचारीलाई एउटा छुट्टै आरामदायी कोठाको व्यवस्था गरिनेछ जसमा एउटा कम्प्युटर, पोर्न फिल्मका थुप्रै सिडी तथा पोर्न साइटका लगइन एड्रेस पनि दिइनेछ ।

भाग्यमानी कर्मचारीले महिनाको झण्डै साढे ३ लाख रुपैयाँ बराबरको तलब पाउनेछन् । दरखास्त दिने उमेद्धार १८ वर्षभन्दा माथिको, खुल्ला हृदयको तथा अनुभवी हुनुपर्नेछ ।

उक्त बारका संस्थापकका अनुसार विज्ञापनले तहल्का नै मच्चाएको छ र ठूलो संख्यामा दरखास्त परेका छन् । हजारौँले फेसबुक तथा इमेलबाट निवेदन दिइसकेको बारले जनाएको छ । यो जागिरमा छनोट भएको कर्मचारीको पद पोर्न जे अर्थात् पिजे हुनेछ ।

आखिर उक्त बारले किन पोर्न फिल्म हेर्ने कर्मचारी भर्ना गर्दैछ भन्ने कुराको जवाफ ऊसँग पनि छैन । तर यस्तो विज्ञापन गर्नु उसको चर्चा कमाउने एउटा शैली हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment