ढाका । बंगलादेशको समलैंगिक पत्रिकाका वरिष्ठ सम्पादक जुलहास मान्ननको हत्या भएको छ । राजधानी ढाकाको एक अपार्टमेन्टमा धारिलो हतियार प्रहार गरी उनको हत्या भएको हो ।
मान्नन समलिंगीहरुको पत्रिका ‘रुपबान’को सम्पादक थिए । उनी अमेरिकी विकास एजेन्सी युएसएडका लागि पनि काम गर्दथे ।
रुपबान बंगालदेशको पहिलो समलैंगिक पत्रिका हो ।
गत हप्ता यसैगरी राजशाही विश्वविद्यालयका एक प्रोफेसरको पनि हत्या भएको थियो । बंगलादेशमा ब्लगरहरुको हत्या पनि हुँदै आएको छ । यसको पछाडि इस्लामी कट्टरपन्थीको हात रहेको अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4