Comments Add Comment

१९ औं चिया दिवस झापामा मनाइदै

ilam-tea१५ वैशाख, झापा ।  सधैंजसो काठमाडमौंमा मनाइदै आइएको चिया दिवस यसपटक भने झापाम मनाइदै छ ।

‘गुणस्तरीय चिया अक्सन बजार र चिया उद्योगको रक्षाको लागि’ भन्ने मूल नाराका साथ झापाको बिर्तामोडमा मनाउन लागिएके हो ।  सो दिवसको उद्घाटन कृषि मन्त्री हरिबोल गजुरेलले गर्दै छन् ।

दिवसको अवसरमा प्रदर्शनी समेत राखिएको छ । प्रदर्शनीमा २५ वटा स्टल रहेको चिया तथा कफी विकास वोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिए । गौतमका अनुसार झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमलाई सरकारले चिया पकेट क्षेत्र घोषणा गरी उत्पादन तथा विस्तार गरिरहेको छ ।

गत आर्थिक वर्ष २०७१/ ७२ मा २६ हजार हेक्टरमा २ करोड ३१ लाख केजी चिया उत्पादन भएको उनले जानकारी दिए । ‘१ करोड ८२ लाख सीटिसी र ४९ लाख किलो अर्थोडक्स चियाको उत्पादन भएको छ,’ गौतमले भने ।

पछिल्लो समयमा मुलुकको मध्य तथा पश्चिमी क्षेत्रहरु दोलखा, रामेछाप, लमजुङ, कास्की, सिन्धुपाल्चोक र ललितपुर लगायतका जिल्लाहरुमा पनि चिया खेतिकेा बिस्तार थालिएको उनले जानकारी दिए । बोर्डका अनुसार चिया क्षेत्रको समस्या समाधानको लागि सरकारबाट आवश्यक बजेट उपलव्ध हुन सकेको छैन ।

चालू आर्थिक वर्षमा बोर्डलाई ११ करोड बजेट रहेकोमा आगामी आर्थिक वर्षमा भने घटाएर ६ करोड ५० लाखको मात्र सिलिङ दिएको बोर्डका योजना अधिकृत गौरव लुइटेलले जानकारी दिए ।

बोर्डले दिएको जानकारी अनुसार चिया क्षेत्रमा करिब ५८ हजार श्रमिकले प्रत्यक्ष रोजगारी पाएका छन् । गत आर्थिक वर्षमा साढे २ अर्वको चिया निर्यात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment