Comments Add Comment

आगो निभाउन गएका आमा छोराको जलेर मृत्यु

aagolagi2१५ वैशाख, सल्यान । सल्यानमा डढेलो नियन्त्रणका क्रममा दुई जनाको ज्यान गएको छ ।

घर नजिकैको वनमा लागेको आगो नियन्त्रणका क्रममा शारदा नगरपालिका ११ हिवल्चाकी ४५ वर्षीया बालिका बस्नेत र उनका १२ वर्षीय छोरा नविनको ज्यान गएको हो ।

मंगलबार बेलुका घर नजिकैको जंगलमा लागेको डढेलो नियन्त्रणमा गएका उनीहरु धुवाँमा निसास्सिएर बेहोस भएको र आगोमा जलेर मृत्यु भएको स्थानीय तुफानबाबु गिरीले जानकारी दिए ।

हिवल्चामा रहेको भैयादेवी सामुदायीक वनको १ सय ९८ हेक्टर क्षेत्रफलमा आगो लागेको छ । आगो नियन्त्रणका लागि स्थानीय क्रियाशील रहेको स्थानीयबासी दशरथ थापाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment