+

डोपिङको आरोप लागेपछि रिसाए नाडाल, परिक्षण गर्न चुनौति

२०७३ वैशाख  १५ गते ११:३६ २०७३ वैशाख १५ गते ११:३६
डोपिङको आरोप लागेपछि रिसाए नाडाल, परिक्षण गर्न चुनौति

Rafael Nadal

१५ वैशाख, काठमाडौं । अबैधानिक औषधि प्रयोग गरेको सार्वजनिक आरोप लागेपछि पाचौं बरियाताका स्पेनिस स्टार रफायल नाडालले उनले अहिलेसम्म प्रयोग गरेका सबै औषधिको डोपिङ परिक्षणका लागि अन्तर्राष्ट्रिय टेनिस महासंघलाई आहृवान गरेका छन् ।

नाडाललाई प|mान्सका पूर्व मन्त्री रोजेलिन बचेलटले डोपिङको आरोप लगाएका थिए ।

आरोपको बिरुद्धमा नाडालले आइटिएफलाई पत्र लेख्दै भनेका छन् कि मानिसहरुले बिना प्रमाण बोल्न बन्द गर्नुपर्छ ।

२९ बर्षीय यी स्टारले पत्रमा थप उल्लेख गरेका छन्-‘कृपया यस्तो आरोप लगाउन बन्द गर्नुहोस्, मेरो सबै जानकारी सार्वजनिक नै छ, मेरो जैविक पासपोर्ट र एण्टी डोपिङ परिक्षण सबै दुरुस्त छ ।

नाडालको पत्र बुझेपछि आइसीसीले भनेको छ कि १४ पटकका ग्राण्डस्लाम बिजेता नाडाल यसअघिका कुनैपछि डोपिङ परिक्षणमा असफल भएका छैनन् । उनलाई डोपिङ परिक्षणको नतिजा सर्वसाधारणमा सार्वजनिक गर्न छुट पनि छ ।

पत्रमा नाडालले यो पनि उल्लेख गरेका छन् की आइटिएफले जतिबेला भन्यो त्यतिबेला उनी डोपिङ परिक्षणका लागि तयार छन्.  ।

यसअघि सन् २०१६को सुरुमै पूर्व विश्व नम्बर १ रशियन स्टार मारिया सारापोभापनि बर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनका लागि स्वास्थ्य परिक्षणमा असफल भएकी थिइन् । उनी अहिले प्रतिबन्धमा छिन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय