+
+
Shares

आफ्नो पक्षमा फैसला नआएपछि सांसदद्वारा न्यायधीशमाथि दुर्व्यवहार

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १६ गते ६:४८

law,-court-&-justice१६ वैशाख, एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपति जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इजलासभित्रै अभद्र व्यवहार गरेकी छिन् ।

सांसद खातुनका पति एमाले नेता स्वर्गीय महमुद मालमको हत्या मुद्दामा बुधबार न्यायाधीश शर्माले सजायको फैसला गरेपछि सांसद खातुनले न्यायाधीश शर्मालाई गालीगलौज गर्दै अभद्र व्यवहार गरेकी आजको अन्नपूर्णमा समाचार छ ।

न्यायधीश शर्माले मुद्दाको फैसला गरेलगत्तै सांसद खातुन र उनका समर्थकले न्यायाधीश शर्मालाई गालीगलोज गरेका थिए ।
भअभद्र व्यवहार भएपति न्यायाधीश शर्मा इजलास छाडेर चेम्बरभित्र पसेका थिए ।

खातुनका समर्थकले न्यायाधीश शर्माको चेम्बरको झ्याल ढोका तोडफोड पनि गरेका थिए ।

हत्याका मुख्य योजनाकार एमालेकै तत्कालीन नेता रामचन्द्र प्यासी भएकाले उनलाई सर्वस्वसहित जन्मकैद फैसला हुनुपर्नेमा न्यायाधीश शर्माले १० वर्ष मात्र सजायको फैसला गरेर अन्याय गरेको आरोप सांसद खातुनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?