१६ वैशाख, काठमाडैं । भूकम्पले घर भत्किादा आठ लाख परिवारको गाँस पनि पुरिएको छ । उनीहरूलाई सहयोग गर्न भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्दै आएको विश्व खाद्य कार्यक्रमले चामल सद्दे हुन्जेल गोदाममा थन्क्यायो, कुहिएर डल्ला पर्न थालेपछि डोजरले खाल्डो खनेर पुर्न थालेको छ।
सिन्धुपाल्चोकको इर्खुमा भूकम्पपीडितले राहतको नाममा समेत चामल पाएका छैनन् । तर, उनीहरूकै अगाडि मंगलबार एक लाख ६० हजार किलो चामल र दाल खाल्डो खनेर पुरियो ।
यसअघि सिन्धुपाल्चोककै खाडीचौर र भीमटारमा मात्र होइन काभ्रे, धादिङ र गोरखामा पनि चामल नष्ट गरिएको थियो।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले भूकम्पपीडितको नाममा ल्याएको चामल गोदाममा थन्क्याउने, सडाउने र खाल्डोमा पुर्ने क्रमलाई निरन्तरता दिएको छ। मंगलबार डोजरले खाल्डो खनेर सिन्धुपाल्चोकको इर्खुमा एक लाख ६० हजार किलो चामल र दाल पुरियो। जबकि वरिपरिका बासिन्दा त्यो चामल कहिले बाँडिन्छ भनेर पर्खिरहेका थिए ।
भूकम्पपछि डब्लुएफपीले विभिन्न संघसंस्थामार्फत वितरण गरेको केही चामल गोदाममै कुहिएको भेटिादै आएको छ। भूकम्पपछि बर्खाको समय भएकाले राहतको चामल कुहिएको डब्लुएफपीले दाबी गर्ने गरेको थियो ।
तर, हिउँदका वेला पनि कुहिएको भेटिएपछि सहयोगमै प्रश्न उठेको छ । राहतको चामल पहिलो चरणमा भूकम्प प्रभावित १४ जिल्लामा र पछि डब्लुएफपीको चामल ११ जिल्लामा वितरण भएको थियो।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले कुहिएको चामल र दाल भेटिएपछि सार्वजनिक रूपमा नष्ट गर्न निर्देशन दिएको र दाताले नष्ट गरेको बताए ।
प्रतिक्रिया 4