Comments Add Comment

दिल्लीमाथि गुजरातको एक रनको रोमान्चक जित

१६ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएलमा गुजरात लाइन्सले दिल्ली डेयरडेभिल्समाथि एक रनको रोमान्चक जित हात पारेको छ ।

१ सय ७३ रनको लक्ष्य पछ्याएको दिल्लीलाई अन्तिम ओभरमा १४ रन चाहिएको थियो । क्रिजमा ७१ रनमा खेलिरहेका क्रिस मोरिए थिए भने अर्कोतिर पवन नेगी थिए ।

बलिङमा ब्राभो आए । ओभरको पहिलो बलमा मोरिसले चौका हान्दै दिल्लीलाई जितको आश देखाए । दोस्रो र तेस्रो बलमा एक एक रन मात्र लिएको दिल्लीले तेस्रो बलमा २ रन लियो । अब २ बलमा ६ रन चाहियो । तर, ब्राभोेको बलमा मोरिसले २ रन मात्र लिए । अन्तिम बलमा बाउन्ड्री चाहियो ।

तर, ब्राभोको बलमा मोरिसले बाउन्डी कटाउने मोरिसको प्रयास सफल भएन र दुई रन मात्र लिन सके । दिल्लीले २० ओभरमा पाँच विकेट गुमाएर १७१ रन बनाउन सक्यो र गुजरातले एक रनको रोमान्चक जित हात पारेको छ ।

मोरिसले नटआउट ८२ रनमा अविजित रहे ।  जेपी डुमिनीले ४८ र ऋशभ पन्तले २० रन बनाएपनि एक रनको हारबाट टिमलाई जोगाउन सकेनन् । गुजरातका धवल कुलकणर्णीले तीन विकेट लिए ।

यसअघि गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १७२ रन बनाएको थियो । उसका लागि ब्रेन्डम म्याकुलमले ६० रन बनाए भने डवेन स्मिथले ५३ रन जोडे । जेम्स फल्कनरले नटआउट २२ रहँदा दिनेश कार्तिकले १९ रन बनाए । दिल्लीका इमरान ताहिरले तीन तथा क्रिस मोरिसले दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment