Comments Add Comment

अब कतारमा रोजगारी सजिलो छैन

katar१६ वैशाख, काठमाडौं । प्राकृतिक उर्जाको मामलामा धनी कतार विश्वको सवैभन्दा धनी देशमा पर्दछ ।

कतारले विश्वभर  बैंक, यूरोपमा फुटबल क्लब तथा लण्डन जस्तो महँगो शहरमा सम्पत्ति किनेको छ ।  तर तेलमा पछिल्लो समय आएको गिरावटका कारण खाडी देशमाथि आर्थिक दबाब छ । जसको नतिजा उसले गरेको वित्तीय कटौती तथा कर प्रक्रियामा गरेको सुधारमा देखिएको छ ।

के यो विश्वको आर्थिक महाशक्तिको वित्तीय क्षेत्रमा समस्या आएको हो ? प्रश्न उव्जाएको छ ।

कतारले पछिल्ला दिनमा भारी मात्रामा आर्थिक कटौति गरेको छ । जसमा विकास, संस्कृति, शिक्षा, आवागमनका परियोजनाका साथ साथै २०२२ मा हुने विश्वकप फुटबलको खर्च समेत सामेल छ ।

कतारमा सन् २०२२ मा विश्वकप आयोजना हुँदै छ जसको निर्माणमा २ सय २० अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।

सरकारले विश्वकप सञ्चालनको लागि बनाउन लागेको स्टेडिमको संख्या समेत घटाएको छ । १२ वटा बनाउने योजना भएपनि आठमा झारिएको हो ।

katar2

कर्मचारी कटौती

कतार सरकाले कर्मचारी कटौतीलाई पनि तिव्रता दिएको छ । ५० रेलवे कर्मचारीलार्इ जनवरीमा व्यावसायिक कुशलता नभएको भन्दै निकालेको छ । यसका साथै तेल तथा ग्यास कम्पनीबाट पनि सन् २०१४ पछि कतारले हजारौंको संख्यामा कर्मचारी कटौती गरेको छ ।

२०१६ को शुरुदेखि अहिलेसम्म अल जजीराका एक हजार कर्मचारी नोकरीबाट निकालिएको छ ।

कतारका केही सरकारी कम्पनीलाई निजीकरण गर्ने समेत सरकारले संकेत गरेको छ । त्यस्तै विदेशी कामदारको संख्यालाई कम गर्न सरकारले अनुदानको रकम घटाउने तयारी गरेको छ ।

विदेशी नागरिकका कारण आर्थिक दबाब बढेको छ । किनकी सन् २०१० पछि देशको जनसंख्या ४० प्रतिशतले बढेको छ ।

घाटाको सामना गरिरहेको सरकारले तेलको मूल्यमा समेत ३० प्रतिशतले बृद्धि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment