१६ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले साझा यातायातका अध्यक्ष एवं वरिष्ठ पत्रकार कनककणि दीक्षितलाई बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
अख्तियारले अकुत सम्पत्ति कमाएको आरोपमा दीक्षितलाई पक्राउ गरेपछि उनकी पत्नी शान्ताले प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
कामु प्रधानन्यायाधीश सुशील कार्कीको एकल इजलासले अन्तिम सुनुवाईका लागि बन्दीसहित सोमबार उपस्थित गराउन आदेश दिएको हो ।
रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल, सतिशकृष्ण खरेल तथा अभिवक्ताहरु टिकाराम भट्टराई, दीनमणि पोखरेल र ओमप्रकाश अर्याल लगायतले बहस गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4