१७ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इण्डियन्सले कोलकत्ता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ ।
कोलकत्ताले प्रस्तुत गरेको १७५ रनको लक्ष्य मुम्बईले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । मुम्बईलाई जित दिलाउने क्रममा रोहित शर्मा र किरन पोलार्डले पााचौं विकेटका लागि अविजित ७२ रनको साझेदारी गरे । रोहित शर्मा ६८ र किरन पोलार्ड ५१ रनमा अविजित रहे ।
यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको थियो । उसका लागि गौतम गाम्भीर ५९ रन बनाए भने रोविन उथप्पाले ३६ रन जोडे ।
प्रतिक्रिया 4