+
+
Shares

आलियासँग ब्रेकअपको बिषयमा यसो भने सिद्धार्थले

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १७ गते १०:५५

siddhartha and aliya
नायिका आलिया भट्ट र नायक सिद्धार्थ मल्होत्राको प्रेमको चर्चा बी टाउनमा चल्न थालेको लामै समय भैसकेको छ । तर, यो बर्षको सुरुवातबाट नै यी दुई अलग भएको चर्चा सुरु भएको थियो । सिद्धार्थ आलियासँग दिक्क भएकाले ब्रेकअप भएको खबर मिडियामा आएको थियो । यता, आलिया निकट श्रोतका अनुसार सिद्धार्थका कारण यी दुई अलग भएको चर्चा भारतीय मिडियामा चलेको थियो ।

तर, सिद्धार्थले प्रेमको बिषयमा मुख खोलेका छन् । जबकी, लामो समयदेखि प्रेममा रहेर पनि यो जोडीले मुख खोलेको छैन । सिद्धार्थले चलचित्र ‘बार बार देखो’को इन्ड क्ल्यापमा समाचारमा आएको कुरा कसले लेख्यो भनेर प्रश्न गरेका थिए ।

उनले आलिया र आफूले काम गरेको चलचित्र ‘कपूर एन्ड सन्स’ हिट भएको र आलियालाई आफूले एकदमै प्रेम गर्ने बताएका छन् । आलियाले साथीहरुसँग आफ्नो प्रेमको बिषयमा स्पष्ट कुरा गर्दै आलियालाई आफूले गहिरो प्रेम गरेको जनाएको मिडियाको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?