Comments Add Comment

हमालको ‘क्विज मेनिया’ अब दक्षिण एसियामा

rajesh hamalनायक राजेश हमाल टेलिभिजिनमा पनि उस्तै सक्रिय छन् । बलिउडका थुप्रै कलाकार पर्दामा जस्तै टेलिभिजनमा पनि सक्रिय भएको पाइन्छ । नायक राजेश हमालले भने टेलिभिजनमा क्विज कार्यक्रम संचालन गर्दै आएका छन् ।

उनले संचालन गर्दै आएको ‘क्विज मेनिया’ अब दक्षिण एसियामा कान्तिपुर टेलिभिजनमा प्रशारण हुने भएको छ । यो कार्यक्रम विगत ४ बर्षदेखि राष्ट्रव्यापी रुपमा संचालन हुँदै आएको थियो । एक्रेटिभ मिडिया प्रालीले आयोजना गर्ने यो कार्यक्रममा देशभरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सभागीता जनाउँदै आएका थिए ।

अब भने मुलुकभरका प्रतिस्पर्धीहरुलाई उछिनेर पहिलो स्थान हासिल गर्ने टिमले नेपालको प्रतिनिधित्व गर्दै दक्षिण एसियाका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्न पाउने भएका छन् । दक्षिण एसियाका भारत, भुटान, श्रीलंका, वंगलादेश, पाकिस्तान, माल्दिभ्स, अफगानिस्तानका विद्यार्थीले क्विज मेनियामा भाग लिन पाउने एक्रेटिभ मिडियाका प्रमुख कार्यकारी हरि पोखरलेले जानकारी दिए ।

नेपालभित्रको प्रतियोगीता अन्तिम चरणमा पुगेको छ । जेठ २३ गतेदेखि यो कार्यक्रम हरेक बिहिबार बेलुकी ९ बजे कान्तिपुर टीभीमा प्रशारण हुनेछ । यो कार्यक्रमलाई लिएर नायक राजेश हमाल पनि खुबै उत्साहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment