१७ वैशाख, चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले अब कांग्रेसको नेतृत्वमा सरकार बन्नु पर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नुपर्ने दावी गरे ।
संविधान कार्यन्वयनका लागि ठूलो दल नेपाली कांग्रेस रहेको भन्दै प्राकृतिक न्याएको सिद्धान्तलाई हेर्दा ठूलो पार्टीले सरकारको नेतृत्व गर्नुपर्ने उनको धारणा थियो ।
उनले कांग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनका लागि सबै दललाई एक ठाउँमा उँभ्याउने काम पनि कांग्रेसले नै गर्नुपर्ने तर्क गरे ।
अहिलेको सरकारले भूकम्प प्रभावितलाई राहत दिन नसकेको र नाकाबन्दीको असर हटाउन नसकेको भन्दै नेता खाँडले सरकारी नियुक्ति मात्र सरकारको काम नभएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4