Comments Add Comment

गुडिरहेको मोटरसाइकलमा रुख खस्दा एकको मृत्यु

१९ वैशाख, इलाम । काट्दै गरेको रुख गुडिरहेको मोटरसाइकलमाथि पर्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

accidentइलाम नगरपालिका ५ स्थित गोलाखर्कमा शनिबार काटदै गरेको रुख गुडिरहेको मोटरसाइकलमाथी खसेको थियो ।

स्थानीय पदम बराइली र भुपाल चौहानले शनिबार दिउँसो रुख काट्नेक्रममा उक्त रुख  को २२ प ७०४ नम्बरको मोटरसाइकलमाथी खसेको थियो ।

रुखले थिचेर मोटरसाइकलमा सवार सुनसरी बक्लौरी १ का २८ वर्षीया बिकेश परियारको घटनास्थलमै मृत्यु भएको भने मोरङ तेतरिया ८ का २३ वर्षीय हेमनारायण चौधरी सामान्य घाइते भएका छन् ।

घाइते चौधरीको स्थानिय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयलाई उदृत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । बराइली र चौहानलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment