Comments Add Comment

खडेरीको फाइदा लुट्दै ट्यांकर व्यवसायी, पानीमा दोब्बर असुली

water_tanker२० वैशाख, काटमाठौं । बढ्दो खडेरीसँगै पानी अभाव चुलिँदा ट्यांकर व्यवसायी उपभोक्ता लुटेर कमाउने मौका छोप्न थालेका छन् ।

धारा र इनार सुकेपछि पछिल्ला दिन ट्यांकरकै पानीमा भर परेका उपभोक्तासँग उनीहरु अस्वस्थ बार्गेनिङ मात्र गर्दैनन् दोब्बरभन्दा बढी मूल्य असुलिरहेका आजको नागरिक दैनिकले जनाएको छ ।

सामान्य अवस्थामा आजको भोलि पानी ल्याइदिने व्इवसायी अहिले उपभोक्तालाई २० दिन पर्खनुपर्ने भन्दै झुलाउँछन् । छिटो चाहिए बढी भरकम चाहिने भन्दै बार्गेनिङ सुरु गर्छन् ।  सुरुमा २० दिन लाग्ने भने पनि बढी मूल्य तिरे तुरुन्तै पानी ल्याइदिने गरेको उपभोक्ताको भनाई छ ।

कालिमाटीका दिनेश श्रेष्ठले एक ट्यांकर पानीलाई दोब्बर मूल्य तिर्नुपरेको गुनासो गरे। ‘मैले पानी ल्याइदिन भन्दा एक हप्तासम्म झुलाइरहे,’उनले भने,’बढी मूल्य तिर्छु भनेपछि बल्ल ल्याइदिए ।’ पहिले ६ हजार लिटर पानी १६ सयमा ल्याउने उनी अहिले ३ हजार रुपैयाँ तिर्नु परेको बताउँछन् ।

उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघ अध्यक्ष विष्णु दाहालले अभावको मोकामा व्यवसायीले धेरै मूल्य लिने गरेको स्विकारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment