२० वैशाख, काठमाडौं । नेपाल पुलिस क्लबले महिला राष्ट्रिय लिग फुटबलको उपाधि रक्षा गरेको छ ।
उपाधिको दावेदार सशस्त्र प्रहरी र त्रिभूवन आर्मीलाई गोलअन्तरको आधारमा पछि पार्दै लगातार उपाधि जितेको पुलिसले २ लाख पुरस्कार जितेको हो । सोमबार भएको लिगको अन्तिम खेलमा पुलिसले पूर्वाञ्चलको टोलीलाई २-१ गोल अन्तरले हरायो
सुपर लिगमा चार वटै टोलीले समान ३-३ खेल खल्यो । पुलिससँगै एपीएफ र आर्मीले २-२ खेल जिते र समान ६/६ अंक भयो ।
तर, एपीएफलाई पुलिससँग व्यहोरेको ३-१ को हार घातक सावित भयो । सुपर लिगमा एपीएफले आर्मीलाई २-१ ले हराएको थियो । आर्मीले पुलिसलाई ३-२ ले पराजित गरेको थियो ।
तीन वटै टोलीले पूर्वाञ्चललाई हराए । तर तीन टोलीबीचको खेलको गोलअन्तरका आधारमा पुलिस अगाडि रहृयो । उपजिजेतामा चित्त बुझाएको अार्मीले १ लाख पुरस्कार पायो ।
प्रतिक्रिया 4