+
+

‘बुद्ध दर्शन नेपालबाटै सुरु भएको प्रमाणित गर्न बौद्ध सम्मेलन’

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २० गते १९:५८

Ananda-Pokhrel
२० वैशाख, काठमाडौं । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरलले बुद्ध दर्शनको सुरुवात नेपालमा भएको सत्यलाई विश्वसामु प्रमाणित गर्न उद्देश्यले अन्तराष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्न लागेको बताएका छन् ।

बौद्ध संघ संस्थाहरुसँग २५६०औं अन्तराष्ट्रिय बुद्धजयन्ती तथा अन्तराष्ट्रिय गोष्ठीसम्बन्धी पूर्व तयारीका विषयमा आयोजित कार्यक्रममा मन्त्री पोखरले बुद्ध दर्शनको भुमि नेपाल भएर पनि सही रुपमा बुद्धप्रतिको न्यायका लागि सम्मेलनको आवश्यकता रहेको स्पष्ट पारे ।

‘बुद्ध नेपालमा जन्मिएका हुन भन्ने संसारलाई थाहा छ, जन्मभूमि मात्र नभएर बुद्ध दर्शनको मुलभूमि नेपाल नै भएको भन्ने स्थापित गर्न बाँकी छ, त्यो सम्मेलनले पूरा गर्नेछ’ मन्त्री पोखरेलले भने ।

मन्त्री पोखरेलले नेपालमा बुद्ध दर्शनको सुरुवात भएपनि यो दर्शनले सिङ्गो मानव जातिको नेतृत्व गरेको उल्लेख गर्दै नेपालले बुद्धभूमिप्रति उत्तरदायित्व लिन सम्पूर्ण बुद्धका अनुयायीहरु एक हुन आग्रह गरे ।

गौतमबुद्ध जन्मनुभन्दा अघि पनि नेपालमा बुद्धको अस्तित्व रहेको भन्दै उनले दरबार, परिवार र श्रीपेच एकैपटक त्याग गरेकोे सत्यलाई सैद्धान्तिक रुपमा अध्ययन गर्दा गौतमबुद्ध बुद्धत्व प्राप्त गरेरै जन्मिएको पुष्टि भएको बताए ।

आगामी जेठ ६, ७ र  ९ गते २५६०औँ अन्तर्राष्ट्रिय बुद्धजयन्ती भव्य रुपमा मनाउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?