Comments Add Comment

काकाकुल कर्णाली, पानीका मुहान सुके, रारा पनि आधा मिटर घट्यो

२१ वैशाख, काठमाडौं । श्रीनगर ७ की जाँचु थापाले कर्णालीको पानी खान सुरु गरेको तीन महिना भयो । अन्नपूर्ण पोष्ट दैनिक लेख्छ- हुम्लाको तराई भनेर चिनिने तुम्च तलतणीमा बस्दै आएकी थापाले पुस्तौंदेखि प्रयोग गरेको कनेउरीको मुहना सुकेपछि एक घण्टा लगाएर कर्णालीबाट पिठ्युँमा बोकेको पानीले घर चलाएकी छिन् ।

water-Problem
फाइल तस्वीर

गत वर्षसम्म तलतणीका दुई गाउँलाई खान पुगेको उक्त मुहानको पानीले आसपासका खेतमा समेत सिचाइँ गर्न पुग्ने गरेको उनको अनुभव छ । खडेरीले तुम्चको खोलाबाहेकका अधिकांश मुहना सुकेको जानकारी जैर ९ तुम्चका उब्जन मल्लले दिए । उनका अनुसार पाखोमा भएका लेकदेखि औल -बेसी)सम्मका सबै गरी ५ वटा मुहना तुम्चमा मात्रै सुकेका छन् । लामो समय वर्षा नभएकाले खोलाको पानीसमेत यो वर्ष निकै सुकेको छ ।

लामो समयको चर्को खडेरीले मैला र मदना गाविसमा मात्रै झण्डै १५ मुहान सुकेको मैलाको यांजुम रोकायाले बताइन् । गाउँमा पानीको मुहान सुकेपछि मैलाको काँडागाउँ जिमानामा १ गाग्री पानी ल्याउन दुई घण्टा पैदल हिँड्नुपर्ने स्थानीय मोतीलाल रिठाल बताउँछन् ।

हुम्लाको उत्तरी क्षेत्रमा समेत पानीका मुहान सुकेका छन् । मुगुको रारा तालको पानी पनि आधा मिटर घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment