Comments Add Comment

संसदमा ओलीबिरुद्ध मतदान गर्छुः राजेन्द्र महतो

rajendra mahato

२२ वैशाख, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकार परिवर्तन आफुहरुको सरोकारको बिषय नरहेको प्रष्ट पारेका छन् ।

अचानक सरकार परिवर्तनको चर्चा चलिरहँदा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै सद्भावना अध्यक्ष महतोले केपी ओली आफुहरुको दुष्मन रहेको बताएका छन् । उनले भने-‘केपी ओलीको बिरोध हामीले हिजो पनि गरेका थियौं र भोलि पनि गर्नेछौं ।’

केपी ओली बाहेकको सरकारलाई समर्थन गर्न सक्ने संकेत भने सदभावना अध्यक्ष महतोले दिएका छन् । उनले भनेका छन् कि संसदमा मतदान गर्ने अवस्था आयो भने सदभावनाले ओलीकै बिरुद्धमा मतदान गर्छ ।

महतोले ओली माथि मधेशी मुद्दालाई सम्बोधन गर्न ध्यान नदिएको, मोर्चाले दिएको समयमा कुनै चासो नलिएको आरोप लगाए । उनले सरकार परिवर्तनको खेललाई सुक्ष्म अध्ययन गरिरहेको र मोर्चाभित्र पनि छलफल चलिरहेको जानकारी दिए ।

यद्यपी महतोले मधेसी मोर्चाको ११ बुँदे माग सम्बोधन नभएसम्म सरकारमा सहभागी हुन नहुने बताए । उनले भने-‘यो मेरो व्यक्तिगत धारणा हो, तर मोर्चाको बैठकले अन्तिम निर्णय गर्नेछ ।’

महतोले सरकार जसको नेतृत्वमा बने पनि मधेशी, थारू र जनजातिको राजनीतिक, सांस्कृतिक र मौलिक अधिकार संविधानमा सुनिश्चित गराउने आफुहरुको सरोकार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment