Comments Add Comment

अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ४५ मिनेटमै दिने दावी

Luggage in TIA
२४ वैशाख, काठमाडाैं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा कन्भेयर (ब्यागेज ओसार्ने) बेल्ट थपिएका छन् ।  विगत लामो समयदेखि पुराना र कम क्षमता भएका बेल्डका कारण ब्यागेज ओसार्दा हुने ढिलाइले यात्रुले सास्ती बेहोर्दै आएका थिए । जसले अन्तर्राष्ट्रिय विमानस्थलको छवि बिग्रेको थियो ।

तर अब बढी क्षमताका नयाँ दुई बेल्ट थपिएसँगै विमानस्थलमा चार वटा बेल्ट पुगेका छन् । यसअघि विदेशबाट नेपाल आइपुगेपछि ब्यागेज लिन बढीमा करिब चार घन्टासम्म यात्रुले कुर्नुपर्ने बाध्यता थियो । थप बेल्ट जडानपछि अब यात्रुले आफ्नो लगेज बढीमा ४५ मिनेटभित्र पाउने बताइएको छ ।

उक्त नयाँ बेल्टको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले शुभारम्भ गर्दै अन्तर्राष्ट्रिय मापदण्डको कन्भेयरले यात्रुको सुविधाका लागि सहज हुने बताए ।

उनले देशकै प्रतिष्ठासँग जोडिएको अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सरकार लागि परेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment