+
+

नयाँशक्ति कतारमा आक्रामक, शाहानिया क्षेत्रमा भेला

 ध्रुब क्षेत्री ध्रुब क्षेत्री
२०७३ वैशाख २५ गते १९:२८
qutar
कतार।  नयाँशक्ति कतार (अन्तर्राष्ट्रिय नेपाली समाज  कतार-INS) अन्तर्गत शाहानियामा क्षेत्रीय भेला भएको छ । भेलाले दिनेशकुमार धिमाल संयोजक र बीरू थापा मगरलार्इ सचिबमा सर्बसम्मत चयन गरेको छ । भेलाले ४८ सदस्य अन्तरिम क्षेत्रीय कमिटि गठन गरेको छ ।

भेलालाई  सम्बोधन गर्दै पार्टीकाअन्तरिम केन्द्रिय परिसद सद्स्य तथा कतारका संयोजक बिबि खराल (रोशन) ले नेपालमा सत्ता परिवर्तनको खेल भएरहको भन्दै भूकम्पपीडितकाे राहत र पुनर्निर्माणमा ढिलासुस्ती गर्नुको पछाडि व्यापक भ्रष्टाचार र अनियमितता हुनसक्ने आरोप लगाए ।

‘नेताहरुलाई जनताको जनजीबिकाको समस्याको चिन्ताभन्दा आफूहरूले कसरि मिलेर खाने भन्ने कु-संस्कार देखियो । ढुलमुले  बेइमान नेताका कारण नेपाल र नेपाली ले दुःख पाइरहेका छन्’, उनले भने  ‘देशमा उत्पादनमा प्रतिबन्ध लगाई कमिसन खान पल्केको कारण  युवा शक्तिलार्इ विदेशमा जान बाध्य परिएको छ।’

नयाँ शक्ति कतारका उप-समयोजक लाल भट्टले प्रबासमा नयाँ शक्ति प्रतिको मोह र अभियानमा विशाल रुप लिएकाे बताए । त्यस्तै नयाशक्ति कतारका प्रमुख सल्लाहकार रामु बस्यालले बर्तमान राज्य सत्ताको  महेन्द्र राष्ट्रवादको खोक्रो नाराले जननतालाई लुट्ने काम भन्दा अरु केही नगरेको आरोप लगाए ।

कार्यक्रमलार्इ नयाँ शक्ति मध्य पुर्बका सह-सचिव सुमन मगरले संचालन गरेका थिए । INS  का प्रबक्ता ध्रुब क्षेत्रीले स्वागत  मन्तब्य राखे ।
कार्यक्रममा नयाँ शक्ति कतार मुस्लिम समाजका संयोजक  इबराहिम मिया, अन्तरिम  केन्द्रीय परिसद सदस्य  तथा युवा नेता दुर्गा बिक , र सन्तोष बस्नेतको पनि उपस्तिथि थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?