+

दिल्लीमाथि पञ्जाबको महत्वपूर्ण जित

२०७३ वैशाख  २६ गते ८:३६ २०७३ वैशाख २६ गते ८:३६
दिल्लीमाथि पञ्जाबको महत्वपूर्ण जित

Vivo IPL 2016 M36 - KXIP v DD२६ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा किंग्स इलाभेन पन्जाबले दिल्ली डेयरडेभिल्सलाई ९ रनले पराजित गरेको छ ।

पञ्जाबले प्रस्तुत गरेको रनको लक्ष्य पछ्याएको दिल्लीलाई ३६ बलमा ५४ रन चाहिएको थियो र हातमा ८ विकेट थियो । तर, मार्कस स्टोइनस, सन्दिप शर्मा र मोहित शर्माको कसिलो बलिङ गरेपछि पञ्जाबले जित हात पारेको छ ।

१८२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो । उसका लागि क्विन्टन डिककले ५२ रन बनाए भने सन्जु सामसनले ४९ रन बनाए पनि टोलीका हार टार्न सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनायो । उसका लागि मार्कस स्टोइनस र रिद्धिमान शाहले समान ५२-५२ रन बनाए ।

आईपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय