Comments Add Comment

कृषाको ‘पलाँस’मा रेखा थापासँग कामेश्वर चौरासियाको जोडी

kameswor and rekha thapa
यो खबर धेरैका लागि अचम्मित बन्न सक्छ । किनकी, सिंगल थिएटरमा सर्वाधिक रुचाइएकी नायिका रेखा थापासँग मल्टिप्लेक्समा एउटै चलचित्रबाट उदाएका कलाकार कामेश्वर चौरासियाको टिमअप हुँदैछ । यो टिमअप गर्ने काम गरेकी हुन् निर्मात्री कृषा चौलागाइले ।

जेठ १ गतेबाट छायांकनमा जाने चलचित्रको नाम ‘पलाँस’ राखिएको छ । ‘पलाँस’ एउटा फूल हो जुन देख्दा सुन्दर हुन्छ तर सुगन्ध दिदैन । निर्मात्री चौलागाइले चलचित्रको बिषयवस्तु अहिले नै खुलाउन नमिल्ने बताइन् ।

चलचित्र ‘रेशम फिलिली’ चलेपछि कलाकार कामेश्वर चौरासियाको चर्चा खुबै भएको थियो । रेखा र उनको केमेष्ट्री कस्तो रहने भन्ने पनि खुलाइएको छैन । चलचित्रमा नायक अयुव केसी पनि मुख्य भूमिकामा देखिनेछन् । सुवास कोइरालाले निर्देशन गर्ने यो चलचित्रलाई केपी फिल्मस्को ब्यानरमा निर्माण गर्न लागिएको हो । यो ब्यानरले यस अगाडि ४ वटा चलचित्र निर्माण गरिसकेको छ ।

चलचित्रमा सुसन प्रजापतिको छायांकन, अर्जुन पोख्रेलको संगीत, सानु कुमार श्रेष्ठको एक्सन हुनेछ । चलचित्रको छायांकन विरगञ्जमा गरिने निर्मात्री चौलागाइले बताइन् । कृषाले भनिन्-‘नायिका रेखा थापाले अहिलेसम्म नगरेको भूमिका यो चलचित्रमा हुनेछ । अहिले हामीले कथावस्तुलाई सस्पेन्स राखेका छौ ।’

चलचित्रका लागि कामेश्वरले पनि आफूलाई फरक गेटअपमा ढालेका छन् । चलचित्रलाई लिएर नायिका रेखा थापा पनि उत्साहित छिन् । आफ्नो ब्यानरको मात्र चलचित्र गर्दै आएकी रेखाले बाहिरी ब्यानरमा काम गर्न उत्सुकता जनाउनुको पछाडि पक्कै कथावस्तु उत्कृष्ट भएकाले हुन सक्ने अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment