+
+

पाँचथरमा स्वास्थ्यकर्मीसहित एम्बुलेन्स सेवा

नरेन्द्र रिमाल नरेन्द्र रिमाल
२०७३ वैशाख २८ गते १६:१८

२८ वैशाख, फिदिम । पाँचथरमा स्वास्थ्यकर्मीसहित एम्बुलेन्स सेवा सञ्चालनमा आउने भएको छ । स्वास्थ्य उपचारबाट बञ्चित भएका महिला, बालबालिका, गरीब, अशक्त र निमुखाहरुको पहिचान गरी उपचारमा सहयोग गर्ने उद्देश्यले नब नेपाल नामक संस्थाले स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन लागिएको हो ।

ambulance-1पाँचथर जिल्लामा सञ्चालन भएका सबैजसो एम्बुलेन्समा दक्ष प्राविधिक र स्वास्थ्यकर्मी नभएको पाइएकाले समुदायको माग र सिकिस्त विरामीको स्वास्थ्यलाई मध्यनजर गरी दक्ष स्वास्थ्यकर्मीसहित सेवाको तयारी गरिएको संस्थाका अध्यक्ष प्रदीप बास्कोटाले बताए ।

२०७२ सालमा स्थापना भएको संस्थाले स्वास्थ्य उपचार सम्बन्धी तालिम, शिबिर तथा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य क्षेत्रका समस्याहरुलाई समाधान गर्ने, ग्रामिण क्षेत्रका सर्बसाधारण जनताहरुलाई लक्षित गरी सेवा प्रदान गर्ने, बिरामीको जीबन रक्षालाई सर्बोत्कृष्ट हितमा राखी आकस्मिक सेवा प्रभावकारी ढंगले संञ्चालन गर्ने संस्थाका सचिब सुर्यमान बेघाले बताए ।

उक्त संस्थामा बास्कोटा र बेघासहित रमेश अधिकारी, संगीता लिम्बू, भवानी पराजुली, सन्तोष राई, डिल्लीराम आचार्य, पूर्णकुमार राई र ताराचन दुलाल छन् । आवश्यक ठानेको रकमभन्दा बढी रकम संकलन नगर्ने उद्देश्यअनुरुप ९ जना युवाहरुले रकम संकलन गरी एम्वुलेन्स सञ्चालनको निर्णय गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?