Comments Add Comment

सर्वसाधारणलाई तीन दरबार खुला

ratna-mandir-pokhara.jpg२९ वैशाख, काठमाडौं । नेपाल ट्रस्टको कार्यालयले तीनवटा दरबार अवलोकन गर्न सर्वसाधारणलाई खुला गर्ने निर्णय गरेको छ ।

कार्यालयका सचिव भीमप्रसाद उपाध्यायले दिएको जानकारीअनुसार शुल्क लिई अवलोकन गर्न खुल्ला गरिएका दरबारमा रत्नमन्दिर दरबार (पोखरा), दियालो बङ्गला दरबार(चितवन) र कान्ति ईश्वरीय दरबार (हेटौंडा) रहेका आजको गोरखापत्र दैनिकमा समाचार छ ।

  गत वैशाख ८ गतेको निर्णयअनुसार रत्नमन्दिर दरबार अवलोकन गर्न विदेशी नागरिकलाई एक हजार, स्वदेशी नागरिकलाई  १०० र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई  ५०, दियालो वङ्गला दरबार अवलोकन गर्न विदेशी नागरिकका लागि  ५००, स्वदेशी नागरिकलाई ५० र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई २५ रुपैयाँ निर्धारण गरिएको उनले जानकारी दिए ।

यसैगरी, कान्तिईश्वरीय दरबारका लागि विदेशी नागरिकका लागि१००, स्वदेशी नागरिकका लागि २५ र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लाइ १० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । सचिव उपाध्यायले निकट भविष्यमा अन्य दरबारको तयारी गरी खुल्ला गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment