Comments Add Comment

कम खाने मानिसको यौन जिवन अब्बल

sex lifeयदि तपाइँ आफ्नो भोजनमा क्यालोरीको मात्रालाई नियन्त्रित गर्नुभएको छ र सन्तुलित तथा स्वस्थ भोजन लिइरहनुभएको छ भने तपाइँका लागि खुसीको खबर छ । यस्तो सन्तुलित भोजन गर्ने मानिसहरु शारीरिक रुपमा तन्दुरुस्त त हुन्छन् नै उनीहरुको सेक्स लाइफ पनि अब्बल रहन्छ ।

एक अध्ययन अनुसार कम तथा स्वस्थ भोजन गर्नेहरु केवल शारीरिक रुपमा फिट हुनेमात्र होइन उनीहरुको मूड पनि राम्रो रहन्छ । सन्तुलित भोजनले मानिसकोे तनाव कम गर्नमा पनि सहयोग गर्दछ । मूड राम्रो रहने तथा तनाव नहुँदा त्यसले मानिसको यौन जिवनलाई अब्बल बनाइदिन्छ ।

अमेरिकाको लुसियानास्थित पेनिंगटन बायोमेडिकल रिचर्स सेन्टरका शोधकर्ताहरुले २१८ जना स्वस्थ किशोर किशोरीहरुमा गरेको अध्ययनबाट यस्तो निष्कर्ष निकालेका हुन् । अध्ययनका लागि ती व्यक्तिहरुलाई दुइ समूहमा बाँडिएको थियो । त्यसमध्ये एक समूहलाई २५ प्रतिशत कम क्यालोरी लिनका लागि भनियो भने अर्को समूहलाई अघिपछि जस्तै सामान्य भोजन गर्न भनियो ।

शोधकर्ता कोर्बी मार्टिनका अनुसार जुन समूहले कम क्यालोरी लिएको थियो उसको सेक्स लाइफ अर्को समूहको भन्दा तुलनात्मक रुपमा धेरै राम्रो भएर गएको पाइयो । क्यालोरी घटाउने उक्त समूहको निद्रा पनि राम्रो भएको र वजन पनि कम भएको पाइयो । त्यसैले यदि मोटोपना भएका मानिसहरु आफ्नो भोजनमा नियन्त्रण गर्नेहो भने उनीहरुको निद्रा तथा यौनजिवनमा सकारात्मक प्रभाव पर्ने देखिएको छ ।

तर स्वस्थ व्यक्तिले लगातार दुइ वर्षसम्म यसरी कम क्यालोरी लिने हो भने त्यसले उल्टो प्रभाव पार्ने शोधकर्ताहरु बताउँछन् । लामो समयसम्म कम क्यालोरीको सेवनले स्वस्थ व्यक्तिमा विभिन्न खाने समस्या देखा पार्दछ । त्यसैले यो नियम केवल मोटा व्यक्तिहरुमा मात्र लागू हुने शोधकर्ताहरुको भनाइ छ ।

विज्ञहरुका अनुसार तपाइँ को सँग बसेर खाना खानुहुन्छ भन्ने कुराले समेत तपाइँको पोषणलाई प्रभाव पार्दछ । त्यसैले यदि तपाइँ आफ्नो वजन कम गर्न चाहनुहुन्छ भने यस्ता मानिसहरुसँ बसेर खाने गर्नुहोस् जसले कम खाना खान्छ । यसबाट मोटोपना भएका मानिसहरुको वजन छिटै कम हुनथाल्दछ र त्यसले सेक्स लाइफमा तत्कालै सकारात्मक प्रभाव पार्दछ । यो प्रभाव पुरुषको तुलनामा महिलामा अझै बढि देखिएको छ ।

यसमा पछाडिको कारण खोतल्दै शोधकर्ताहरु भन्छन् : महिलाहरुलाई यो कुराको धेरै चिन्ता हुन्छ की खाना खाने बेला दोश्रो मानिसले उनको बारेमा के सोँचिरहेको छ ? त्यसैले महिलाहरु यस्तो सोँचेर कम खान्छन् र प्रभावकारी रुपमा क्यालोरी नियन्त्रण गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment