Comments Add Comment

सबै माओवादीसँग एकता गर्ने एमाओवादी निर्णय, जेठ १ गते केन्द्रीय समिति बैठक आह्वान

UCPN-Maoist-Meeting

२९ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीले बिभिन्न टुक्रामा बिभाजित माओवादी पार्टीहरुसँग एकता गर्ने औपचारिक निर्णय गरेको छ । बुधबार बसेको एमाओवादी स्थायी समिति बैठकले मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’, मातृका यादव र मणि थापा नेतृत्वको माओवादीहरुसँग पार्टी एकता गर्ने निर्णय गरेको हो ।

‘यसअघि बिभिन्न माओवादी पार्टीहरुलाई एकतामा ल्याउने र पुनर्गठित गर्ने योजनाअनुसार छलफल चलिरहेको थियो, आज एकीकरण गर्ने औपचारिक निर्णय भयो,’ स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरले अनलाइनखबरसँग भने ।

उनले आजको स्थायी समितिको बैठकको निर्णय अनुमोदन गर्न आउँदो जेठ १ गते एमाओवादीको केन्द्रीय समिति बैठक पनि बोलाइएको प्रभाकरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment