२९ वैशाख, काठमाडौं । आशिष नेहराले अन्तिम ओभरमा ३ विकेट लिएपछि सनराइजर्स हैदराबादले इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राइजिङ पुणे सुपरजाइन्टसमाथि ४ रनको रोमान्चक जित हात पारेको छ ।
१३८ रनको लक्ष्य पछ्याएको पुणेलाई अन्तिम ओभरमा १४ रन चाहिएको थियो । क्रिजमा थिसारा परेरा र कप्तान एमएस धोनी थिए ।
सनराइजर्सले बल आशिष नेहरालाई दियो । पहिलो र दोस्रो बलमा पुणेले एक एक रन जोड्यो । तर, तेस्रो बलमा नेहराले परेरालाई पभेलियनको बाटो देखाए । चौथो बलमा धोनीले छक्का हान्दै टिमलाई जितको आश देखाए । तर, पाँचौ बलमा उनी आउट भए ।
ओभरको अन्तिम बलमा नेशराले जम्पालाई पनि आउट गरे र पुणले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । उसका लागि जर्ज बेलीले ३४ रन बनाए भने धोनीले ३० र आ अश्विानले २९ रन जोडे ।
यसअघि एडम जाम्पाले घातक बलिङ गरेपछि सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाएर १३७ रन बनाएको थियो । उसका लागि शिखर धवनले ३३ र केन विलियम्सनले ३२ रन बनाए ।
पुणेका जाम्पाले ४ ओभरमा १९ रन दिएर ६ विकेट लिएका थिए ।
प्रतिक्रिया 4