Comments Add Comment

निर्मल निवासमा किन बस्दैनन् पारस ?

Nepali-Prince-Parash३० वैशाख, काठमाडौं । पारिवारिक कलहले लामो समयसम्म छुट्टएिर बसेका पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह गत चैत २० गते एउटा विवाह भोजमा सँगै देखिएका थिए ।

स-परिवार भोजमा देखिएका उनीहरूको एकै ठाउँमा बसोबास भने हुन नसकेको आजको नेपाल समाचारपत्रमा समाचार छ ।

पारसकी फुपू शोभा शाहीको छोरा हिमबानको विवाह समारोहमा बाबु ज्ञानेन्ऽ, मुमा कोमल, पत्नी हिमानी र छोराछोरीसँगैको फोटो सार्वजनिक गरिएको थियो ।

त्यसैगरी नयाँ वर्ष २०७३को शुभकामना दिने क्रममा पारससहित सबै परिवारको फोटोसहित कार्ड बाँडिएको थियो। तर करिब १३ महिनाअघि थाइल्याण्डबाट नेपाल फर्किएका पारस र हिमानीबीच अहिलेसम्म सँगै बसोबास नहुनुलाई सबैले अचम्म मान्न थालेका छन् ।

पूर्वयुवराज अहिले सुनाकोठीस्थित आलिसान महलमा बसोबास गर्न थालेका छन् ।  फुपु शोभा शाहीका छोरा अवकास प्राप्त प्रमुख सेनानी विकास शाहीको घरमा धीरेन्ऽकी माहिली पुत्री शिताष्मासँगै बस्न थालेका छन् ।

पत्नी हिमानीसँग  नबसेर बहिनी शिताष्मासँगै बसेका पारस अहिले अधिकांश समय खेल्न र पढ्नमा व्यस्त छन् ।  ‘उनी आइतबार, मंगलबार र बुधबार नारायणहिटिस्थित रत्नमञ्जिलमा बस्दै आएकी  हजुरआमा रत्नलाई भेट्न आउने गरेका छन्,’ परिवारका एक सदस्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment