+
+

इराकमा बम विष्फोट, ९३ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३० गते १८:०८

Bagdad-Blast

३० वैशाख, काठमाडौं । इराकको राजधानी बगदादको व्यस्त बजारमा भएको कार बम विष्फोटमा ९३ जनाको मृत्यु भएको छ । अन्य ८७ जना घाइते भएका छन् ।

अधिकारीहरुले यो आक्रमणलाई इराकमा भएको हालसम्मको सबैभन्दा खराब भनेका छन् ।

सदर सिटीको शिया जिल्लामा बिहानको समयमा भएको उक्त विष्फोटको जिम्मा इस्लामिक स्टेटले लिएको छ ।

उत्तरी र पश्चिमी इराकमा दबदबा कायम राखेको सुन्नी समूह इस्लामिक स्टेटले यसअघि पनि यस्ता कैयौं घातक आक्रमण गर्दै आएको छ ।

इराक प्रहरीका अनुसार विष्फोटबाट मारिनेहरु अधिकांश महिला र बालबालिकाहरु छन् । कैयौं घाइते छन् । घाइतेहरुको अबस्था गम्भीर छ ।

विष्फोटबाट भवन र गाडीहरुमा पनि क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?