+
+

फेसबुकमा लेखेजस्तै भयो धनबहादुरको प्राणान्त

हिरा बुढाथोकी हिरा बुढाथोकी
२०७३ वैशाख ३० गते १८:३५

Dhan-Bahadur

३० बैशाख, दुबई । गत अप्रिल १४ मा संयुक्त अरव इमिरेट्स युएईमा चार बर्षदेखि कार्यरत चितवनका धनबहादुर लामाको हृदयघातका कारण निधन भयो । केहि समयअघि उनले फेसबुकमा स्टाटस लेखेका थिए कि ‘जीवन एउटा पानीको फोकाजस्तै लाग्छ ।’

गत अक्टोवरमा लेखिएको स्टाटस जस्तै बन्यो धनबहादुरको जीवन । गत अप्रिल १३ तारिख नेपाली नयाँ वर्षको पोस्टर सहित पोस्ट गरेको शुभकामना सन्देस नै सञ्जालमा उनको अन्तिम सहभागिता रहृयो ।

मान्छेले आˆनो जीवनमा पक्कै पनि सकरात्मक खोजी र परिवर्तनको संघर्ष गर्दै अनेकौ कुरा झेल्दै जीउनुपर्छ । हरेक सफल ब्यक्तित्वको पछाडि उसको संघर्ष तथा मेहनत मिसिएको हुन्छ ।

त्यस्तै उद्देश्य बोकेर ४ वर्ष अघि खाडीको संयुक्त अरब इमिरेट्स (युएई) छिरेका थिए चितवन दारेचोक ३ लेवाटारका २६ वर्षीय धन बहादुर मगर । स्वदेशमा रोजगारको कुनै अवसर नमिलेपछि बिबिएस अध्यन सकेका थुप्रै युवा अहिले खाडीको बिभिन्न मुलुकमा सामान्य कामदारको रुपमा काम गर्न बाध्य छन् ।

Dhan-Bahadur1‘सक्ने युरोप अमेरिका जापन जर्मन अस्ट्रलिया पलायन हुन्छन् । लागानी गर्न नसक्ने राजनीतिक पहुँज भन्दा बाहिर रहेको हामीजस्ता दुख कष्ट ऋण गरेर बल्ल बल्ल पढ्यो खाडी तिर अगाडि बढ्यो ।’ सहकर्मीले ठट्यौली पारामा भने ।

धनबहादुर एक सिर्जनशील युवा थिए उनी सबै साथीभाइसँग सकरात्मक परीवर्तनको कुरा गर्दै फुर्सदिलो समय काट्ने गर्थे । सहयोग र उद्दार भावनाको उनी जुनसुकै कुरामा सकेको सहयोग गर्न पछी पर्थेनन् । मन्द मुस्कानकासाथ बोल्ने आफ्नो जिम्मेवारबाट कहिल्यै पछि नहेटर बाबा आमा र अन्य ३ भाइहरु रहेको परीवारलाई आर्थीक रुपमा सबै ब्यबस्था मिलाउदै आएका धन बहादुर भबिष्यको योजना बुनिरहेका थिए । उनि भन्दै ‘थिए दाजु अब दुइ वर्ष पछी गएर बिहे गर्ने अनि उतै केहि गरेर बस्नु पर्ला ।’ तर उनको त्यो सपना भौतिक रुपमा अधुरै रहृयो ।

यो समयमा सामाजिक सञ्जालसँग नजोडीएका मानिस सायदै होलान । धनबहादुरले पनि सामाजिक सञ्जालमा आफ्नो भावना राख्ने गरेका थिए । उनी यो मरुभुमिमा आफ्नो जिम्मेवारी निभाइरहँदा कहिले एक्लो महुस गरेको बिचार ब्यक्त गरेका छन भने कहिले प्रेम एउटा भर नपर्दो चिज भएको आक्रोस व्यक्त गरेका छन् । साथै उनले जिन्दगीको भर नभएको जस्ता सामाजिक सञ्जाल फेसबुकमा ब्यक्त गरेका छन् ।

गत अप्रील १४ को मध्यरातमा अचनाक हृदयघात भएपछि धनबहादुर सधैका लागी पानीको फोका जस्तै फुटेर गए । कल्कलाउदो उमेरमा यस्तो घटनाले परिवार आफन्त साथीभाइलाई शोकमा पारेर पानीको फोका जस्तै फुटे धन बहादुर आत्मा शान्तिको कामाना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?