+
+

युएईको सानदार विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते १६:१५

३० चैत, काठमाडौं । ओपनर एलिशान शराफु र मध्यक्रमका ब्याटर आसिफ खानको उत्कृष्ट ब्याटिङमा युएईले एसीसी प्रिमियर कपमा कुवेतलाई ७ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ ।

१७९ रनको लक्ष्य पछ्याएको युएईले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा एलिशान शराफुले ४८ बलमा ८ चौका र ५ छक्कासहित ९० रनको अविजित इनिङ खेले । आसिफ खान ४८ बलमा ४ चौका र ६ छक्कासहित ७४ रनमा नट आउट रहे ।

चौथो विकेटका लागि आसिफ र एलिशानले ८४ बलमा १५३ रनको अविजित साझेदारी गर्दै सहज जित दिलाए । तर सुरुवात भने राम्रो थिएन । इनिङको सुरुवाती दुई बलमा मोहम्मद वासिम र तानिश सुरीलाई शून्यमा गुमाएको थियो । विष्णु सुकुमारन ११ रनमा आउट हुँदा एक समय युएई ४ ओभरमा २६-३ को अवस्थामा पुगेको थियो । कुवेतका शाहरुख क्द्दिुसले २ र यासिन पटेलले १ विकेट लिए ।

त्यसअघि अल अमरेत मैदान २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा ८ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । कुवेतका ओपनर क्लिन्टो आन्टोले २३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ५४, राजिवा सानदारुवान २१, मित भावसार २५, उस्मान पटेल २७ र बिलाल ताहिरले २३ रन बनाए । राम्रो सुरुवात पाएपनि ठूलो इनिङमा बदल्न सकेको थिएन ।

युएईका बासिल हामिद र अली नासिरल ३–३ तथा आयन खान र मोहम्मद फारुकले १–१ विकेट लिए । नेपालले दिउँसो ४ ः १५ मा मलेसियासँग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?