+
+

युएईमा भलिबल प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १०:०३

युएई । नेपाल एसोसियसन–एनआरएनए एनसीसी युएईको आयोजनामा युएईमा अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने भएको छ । युएईमा तेस्रो एनआरएनए भलिबल कप प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता यही अप्रिल १४ तारिखका दिन युएईको दुवई सहर स्थित अल वासल स्पोर्ट्स क्लब, जद्दाफमा हुने भएको हो । वार्षिक कार्यतालिका अनुसार भलिबल प्रतियोगिता आयोजना गर्न लागेको नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईका अध्यक्ष विकास शाहीले जानकारी दिए ।

अध्यक्ष शाहीले युएईमा स्थापित सम्पुर्ण संघसंस्थाहरू तथा युएईमा रहेका नेपाली भलिबल क्लबहरुलाई आफ्नो टिम दर्ता गर्न अपिल पनि गरे ।

उनले यो प्रतियोगिता सम्पूर्ण नेपालीहरुको साझा प्रतियोगिता भएकोले सम्पूर्ण खेलप्रेमीहरुलाई उक्त खेलमा सहभागी भई खेलाडीहरुलाई हौसला प्रदान गर्न र खेलको मनोरञ्जन लिन अनुरोध गरे ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १० हजार दिराम (कप, मेडल र प्रमाणपत्र) पाउनेछन् भने दोस्रो हुने टिमले नगद ६ हजार दिराम (कप, मेडल र प्रमाणपत्र) र तेस्रो हुने टिमले नगद ४ हजार दिराम (कप, मेडल र प्रमाणपत्र) प्राप्त गर्नेछन् । सान्त्वना पुरस्कार २ हजार दिराम (कप, मेडल र प्रमाणपत्र) रहेको कार्यक्रम संयोजक भट्टराईले जानकारी दिए ।

त्यस्तै विधागत तर्फ बेस्ट प्लेयर, बेस्ट लिब्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सेटर, बेस्ट टिम कोच, बेस्ट सर्भर, बेस्ट कुइकर लगायतका विधामा पनि पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका सहसयोजक जीवनसिंह ठकुरीले जानकारी दिए ।

आयोजकले प्रतियोगितामा हरेक टिमले २ जनासम्म राष्ट्रिय स्तरका खेलाडी राख्न पाउने व्यवस्था गरेको छ । प्रतियोतिाको तयारी तिव्र गतिमा भइरहेको नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईका महासचिव भुवन वाग्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?