+
+

१० फिट गहिरो खोँचमा खसेका व्यक्तिको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते १२:५९

१० वैशाख, काठमाडौं । ललितपुरको टीकाथलीमा सडक र घरबीचको गहिरो खोँचमा खसेका एक जनाको उद्धार गरिएको छ ।

आइतबार राति ११ बजे महालक्ष्मी नगरपालिका–३ टीकाथलीमा सडकमा हिँडिरहेका बेला ४३ वर्षका रामेश्वर बोगटी घर र सडकबीचको करिब एक फिटमात्र फराकिलो र १० फिट गहिरो खोँचमा खसेका थिए ।

सूचना पाएपछि पुगेको प्रहरी चौकी टीकाथली, प्रहरी प्रभाग इमाडोल र जिल्ला प्रहरी परिसर जाउलाखेलको टोलीले बोगटीको सकुशल उद्धार गरेको हो ।

उद्धार गरेर उनलाई उपचारका लागि किस्ट अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?