Comments Add Comment

दुई महिनादेखि आइओएम डिन खोज्दै सर्च कमिटि

Tribhuwan University३१ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) को डिन सिफरिसका लागि गठन भएको सर्च कमिटिले दुई महिना बितिसम्दा पनि नाम सिफारिस गर्न सकेको छैन ।

२२ माघमा आइओएम डिनबाट राजीनामा दिएका प्राडा. राकेशकुमार श्रीवस्तवको राजीनामा स्वीकृत गरेपछि त्रिवि कार्यकारी परिषद्ले त्यसको एक महिनापछि डिन सचए कमिटि गठन गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

परिषदले आइओएमको डिन सिफारिसका लािग प्राध्यापक पुष्कर बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी गठन गरेको थियो ।

सो कमिटीमा त्रिवि शिक्षण अस्पतालका सहायक निर्देशक डा दिनेश काफ्ले र प्राध्यापक लक्ष्मीकान्त सुवेदी सदस्य थिए ।

यसअघि डिनको नाम सिफारिस गर्न सर्च कमिटिलाई एक हप्ताको समयसीमा तोकिएको हुन्थ्यो तर यसपटक भने समयसीमा नतोकिएका कारण समितिले डिनको नाम कहिले सिफारिस गर्छ भन्ने टुंगो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment