+
+
Shares

सरकारले भन्योः द्रुत मार्ग निर्माण गर्न हामी सक्षम छौं

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३१ गते १३:२९

KP-Oli-Samsad-ma

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई-काठमाडौं द्रुतमार्ग निर्माणमा प्रविधि र स्रोत दुवै हिसाबले सरकार समक्ष रहेको बताएका छन् । संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

संसदमा दुई दिनअघि बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दु्रतमार्ग ठेक्का विदेशी कम्पनीलाई दिनुपर्ने वकालत गरेका थिए । उनले यति ठूलो परियोजना नेपालले निर्माण गर्ने कुरा भावनात्मक मात्र भएको जिकिर गरेका थिए ।

प्रधानमन्त्री ओलीले आफ्नो सम्वोधनमा भने, ‘यसपटक राष्ट्रिय आयोजना सरकार आफैंले निर्माण गर्न हुने नहुने कुरामा राम्रै बहस भयो, संसदहरुको चिन्तालाई मैले स्वभाविक रुपमा लिएको छु । उनले संसदको अर्थ समिति र विकास समितिले दिएको निर्देशनलाई समेत सम्मान गर्दै दु्रत मार्ग आफैंले निर्माण गर्ने प्रस्ताव गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?