Comments Add Comment

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

Samsad

३१ वैशाख, काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम व्यवस्थापिका संसदबाट बहुमतले पारित भएको छ ।

आर्थिक वर्ष २०७३/०७४ का लागि राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि सदनमा चार दिनसम्म छलफल भएको थियो ।

छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत भयो । जसलार्इ ध्वनिमतका आधारमा बहुमतले अनुमोदन गरेको छ ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकाल प्रस्तावक र एमाओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक रहेको प्रस्तावमा भनिएको छ–’राष्ट्रपतिद्वारा व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशनलाई वैशाख २६ गते आइतबारका दिन गर्नुभएको सम्बोधनको लागि व्यवस्थापिका–संसद्को यो बैठक राष्ट्रपति महोदयमा धन्यवाद ज्ञापन गर्दछ ।’

सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख विपक्षी कांग्रेसका सांसद रमेश लेखकले दर्ता गरेको संशोधन सदनले बहुमतले अस्वीकृत गरेको छ । सांसदहरु नेपाल मजदुर किसान पार्टीका सांसदद्वय प्रेम सुवाल र अनुराधा थापामगर तथा खुम्बुवान राष्ट्रिय मोर्चा नेपालका सांसद रामकुमार राईको संशोधन प्रस्ताव पनि बहुमतले अस्वीकृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment