+
+

ट्राफिक जरिवाना वृद्धि स्थगित गर्न यातायात व्यवसायीको माग

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १ गते ५:१०

grihamanti-shakti
३१ वैशाख, काठमाडौं । ट्राफिक प्रहरीले भोलिदेखि कार्यान्वयन गर्न लागेको नयाँ ट्राफिक जरिवाना स्थगित गर्न यातायात व्यवसायी र मजदुर संगठनले माग गरेका छन् ।

गृहमन्त्री शक्ति बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न यातायात सम्बद्ध संगठनले जरिवाना बढाएर ट्राफिकसम्बन्धी समस्या हल नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बस्नेतले व्यवसायीको मागलाई यथासक्य रुपमा सम्बोधन गर्ने आश्वासन दिएका छन् । गृह प्रवक्ता यादवप्रसाद कोइरालाले कानुनी रुपमै जरिवना बढेको स्थगित गर्न नसकिने भन्दै कुनै अव्यवहारिक व्यवस्था भएमात्रै सच्याइने बताए ।

ट्राफिक प्रहरीले कम्तिमा ५ सय रुपैयाँ जरिवाना रकम राखेर १ हजार र १५ सय रुपैयाँसम्म तिराउने गरी नयाँ व्यवस्था भोलिदेखि कार्यान्वयन गर्दैछ ।

गृहमन्त्री अब सबै पक्षसँग छलफल गरेर मात्रै नयाँ जरिवाना रकम कार्यान्वयन गर्ने सहमति भएको नेपाल यातायात स्वतन्त्र  मजदुर संगठनका भीम ज्वाला राईले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?