Comments Add Comment

मुम्बईमाथि पञ्जाबको सहज जित

Vivo IPL 2016 M43 - MI v KXIP१ जेठ, काठमाडौं । माकर्स स्टोनिस एक्लैले ४ विकेट लिएपछि इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा किंग्स इलाभेन पञ्जाबले मुम्बई इण्डियन्समाथि ७ विकेटको जित हात पारेको छ ।

विशाखापटनममा पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा९ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो । उसका लागि किरण पोलार्डले २७ र नितिश रानाले २५ रन बनाए । क्रुनाल पाण्डेयले १९ रन जोडे भने अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

मम्बईलाई सस्तैमा समेट्ने क्रममा पञ्जालका माकर्स स्टोनिस एक्लैले ४ ओभरमा १५ रन दिएर तीन विकेट लिए । यो उनको करियरकै उत्कृष्ट बलिङ हो । सन्दिप शर्मा र मोहित शर्माले पनि समान २-२ विकेट आफ्नो नाममा लेखाए ।

्१२५ रनको लक्ष्य पछ्याएको पञ्जाबले मात्र १७ ओभरमा ३ विकेट गुमाएर जित हात पार्यो । उसको जितमा मुरली विजयले अविजित ५४ रनको योगदान दिए भने रिद्धिमान शाहले ५६ रन बनाए ।

जितका बाबजुत पञ्जाब अंक तालिकाको अन्तिम दुईमा छ । ११ खेलबाट ८ अंक जोडेको पञ्जाब सातौं स्थानमा छ । मुम्बई भने १२ खेलबाट १२ अंकसहित पाँचौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment