Comments Add Comment

साइप्रसमा नेपाली युवतीले गरिन् आत्महत्या, यस्तो थियो कारण

बार्सिलोना । साइप्रसमा २५ बर्षिय नेपाली युवतीले आत्महत्या गरेकी छन्। करिब दुई वर्ष अघि घरेलु कामका लागि साईप्रस आएकी रामेछाप प्रिती गाउँ विकास समिति घर भएकी अन्जु सुनुवारले शनिबार आत्महत्या गरेकी हुन् ।

Anju-sunuwarगैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसका अध्यक्ष सुबास मल्लले लिमासोलमा बस्दै आएकी सुनुवारले आत्महत्या गरेको जानकारी प्राप्त भएको बताएका छन्।

अध्यक्ष मल्लका अनुसार सुनुवारको शबलाई पोष्टमार्टमका लागि अस्पताल लगिएको र घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

किन गरिन् आत्महत्या ?

साइप्रसमा घरेलु कामका लागि आएका महिलामाथि दुर्ब्यबार हुने गरेका घटनाहरु सार्बजनिक हुने गरेका भएपनि सुनुवारको आत्महत्याको कारण व्यक्तिगत रहेको खुल्न आएको छ। रामेछाप घर भएकी साइप्रसमा रहँदै आएकी सुनुवारकी आफन्त राजमाया सुनुवारले यसको पुष्टि गरेकी छन्।

राजमायाले अनलाइनखबरसँग कुराकानी गर्दै भनिन्,” अञ्जु मेरी दिदिकी छोरी हुन्, शुक्रबार दिउँसो २ बजे सम्म मेरो कुराकानी भएको थियो। साह्रै निराश थिइन्। झापा घर भएका निशान राईसँग प्रेम सम्बन्ध थियो, उनकै कारणले गर्दा करिब १ महिना यता त अञ्जु साह्रै तनावमा थिइन्।”

निशानले ब्लाकमेल गर्दै पैसा माग्थे

अञ्जुले निशानसँग बिहे गर्न चाहन्थिन् । तर निशान भने सधैँ पैसा मात्र माग्थे, राजमायाले भनिन्,” पैसा नपठाए फोटोहरु सार्बजनिक गर्ने धम्की दिदै निशानले ब्ल्याकमेल गर्थे।

राजमायाले सबै कुरा बिस्तारमा सुनाउँदै भनिन्,”पहिले आँफूसँग बिहे गरे, निशानको भविष्य बनाउन अञ्जुले सहयोग गर्ने बताउँदै आएकी थिईन्  । तर पनि कति पटक पैसा समेत पठाईदिइन्। फेरि अर्कोतर्फ निशानका अरु पनि गलफ्रेन्ड रहेको र आँफूसँग पैसा मात्र माग्ने गरेको अञ्जुले चाल पाएकी थिइन्।”

फेसबुकबाट चिनजान

निशान र अञ्जुको फेसबुकबाट चिनजान भएको थियो। साईप्रस आउनु अघि दुवै जनाको भेटघाट समेत भएको राजमाया बताउँछिन्।

उनले भनिन्,” निशानका भने २-३ बटा नै फेसबुक आइडीहरु छन् क्यारे, तर अञ्जुले भने पछिल्लो समय तनावका कारण फेसबुक बन्द गरेकी थिइन्। फेसबुकबाट नै चिनजान हुँदै दुवै एक अर्काबीच नजिकिएका थिए।

अन्तिम कुराकानी

अञ्जुको आफ्नो नम्बर समेत बन्द गरेकी थिइन्, अर्कै नम्बरबाट अन्तिम पटक राजमायालाई फोन गरिन्। “मेरो बारेमा कसैलाई नभन्नु, घरमा एक महिनापछि फोन गर्छ भन्दिनु।” तर राजमायाले नेपाल नै गएर सबै समस्या समाधान गर्न सल्लाह समेत दिएकी थिइन्। पटक पटक नेपालमा नै गएर समाधान खोज्ने बारे पनि कुराकानी भईरहेको थियो।

राजमायाले भनिन् ” एक्कासी आज आत्महत्याको कुरा सुने,मैले नेपालबाट थाहा पाएकी हुँ, हामी दुवै एउटै म्यानपावरबाट आएका हौं, । त्यहिँबाट सरले घटनाबारे बुझ्न फोन गर्नु भएको थियो, तर घटनास्थल सम्म म पुग्न पाएकी छैन। घटनालगत्तै साइप्रसबाट सम्बन्धित म्यानपावरलाई फोन गरिएको बुझिएको छ।

अञ्जु साईप्रस कसरी आइन् ?

राजमाया र अञ्जु सँगसँगै जस्तो साईप्रस आएका थिए,सन् २०१४ को सेक्टेम्बरमा अञ्जु आइन् भने त्यसको ठिक १ महिना अघि राजमाया आईपुगेकी थिइन्।

साईप्रस आउँदा एक जनाको करिब ५ लाख रुपैयाँ खर्च भएको राजमाया बताउँछिन्। काठमाडौ सामाखुसीस्थित केआइआई मेनपावर मार्फत दुवै जना साईप्रस आएका हुन्र उनीहरू ।

ऋण तिर्नै बाँकी

साईप्रस आएको दुई वर्ष पनि नपुग्दै आत्महत्या गरेकी अञ्जुले आफू आएको पुरै ऋण पनि तिरीनसकेको राजमाया बताउँछिन्। उनले भनिन्,” अञ्जुले पैसा त पठाई रहन्थी, घरमा काम गर्ने परिबार पनि राम्रै परेको थियो। महिनामा ५०- ५५ हजार रुपैयाँ उसको कमाई हुन्थ्यो तर ऋण बाँकी नै छ भन्थी।”

१२ कक्षा पुरा गरेकी अञ्जुको परिबारमा बा,आमा सहित दुई बहिनी र एक भाई रहेका छन्। घरकी जेठी छोरीले प्रदेशमा ज्यान गुमाएपछि पढ्दै गरेका भाई बहिनीहरुको भविष्यमा समेत असर पुग्ने राजमाया बताउँछिन्।

निशानलाई कारवाही होस्

निशानका कारण अञ्जु तनाबमा रहेका कारण आजको यो अबस्था आएको भन्दै राजमायाले कारवाहीको माग गरेकी छन्। निशानलाई आँफूले नभेटेको र राम्रो सँग ठेगाना समेत थाहा नभएको बताइन्।

तर राजमायाले भनिन्,” एक दिन अञ्जुले मलाई उसको फोटो पठाएकी थिइ, अलि अस्पष्ट छ,तर निशानको एउटा फोटो भने मेरो म्यासेन्जरमा छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment