दुबई । शुक्रबार रात पर्दै जाँदा दुबईको बुर्जुमानस्थित होटल होलिडे इनमा अन्य नेपाली कार्यक्रममा कमैमात्र उपस्थित हुने नेपाली युवाको उपस्थिती बढ्दै थियो ।
रातिको ९ बजेसम्मा होटलमा सय भन्दा बढी युवाको उपस्थिति रहेको थियो ।
उनीहरुको पर्खाईको एउटै कारण थियो नेपाली युवा माझ निकै चर्चित बनेका र्यापर गिरिष खतिवडाको प्रस्तुती । तर ८ बजेबाट सुरु हुने भनिएको कार्यक्रम सुरु हुने झण्डै १० बजेसम्म लाग्यो । कार्यक्रमको सुरुवातसँगै केहिबेर दुबईमै रहेका कलाकारहरुको प्रस्तुतिले उपस्थित युवाहरुको मन भुलायो ।
सबैको प्रतिक्षलाई चिर्दै झण्डै ११ बजेपछि स्टेजमा झुल्किए चर्चित र्यापर गिरिष खतिवडा । विगत लामो समयदेखि नेपाली युवाहरुको मुखमा झुण्डिने गरेका गिरिषका गित सुन्न उपस्थित सबै आतुर देखिन्थे । जसकारण उनको आगमनसँगै उपस्थित सबै उत्साह बढेको प्रस्टै देखिथ्यो ।
कार्यक्रममा उपस्थित भएका उनले कत्तिपनि ढिला नगरी आफ्नो प्रस्तुती गर्न थाले । आखाको रमझम…र्याप गितबाट आफ्नो प्रस्तुती सुरु गरेसँगै सबैजना उनको गितमा केन्द्रित भए ।
त्यससँगै गिरिषले टोयोटा गाडि……म यस्तो छु म उस्तो छु……., ड्रग्सको काहानी…….सडकको आर्मी…… लगायत एक दर्जन र्याप गाएका थिए ।
गिरिषको प्रस्तुती सँगै रमाएका युवाहरुले भोलिपल्टको ड्यूटी र रातको निन्द्रा समेत भुलेका थिए । झण्डै ३ बजेसम्म चलेको कार्यक्रममा सफल बनाउन युवाहरुको उपस्थितिले आफु निकै खुशी भएको आयोजकको कुशल बुचाले बताए ।
त्यस्तै कार्यक्रममा उपस्थित युवा रोहित विक्रम कार्कीले युएईमा युवा पुस्ताको चाहान बमोजिमको कार्यक्रम विरलै मात्रमा हुने गरेकाले पनि यस कार्यक्रम मार्फत आफुले भरपुर मनोरञ्जन लिएको बताए ।
नमस्ते नेपाल ईभेन्टको आयोजनामा भएको कार्यक्रममा सुधिर नाएन डबल नाएन , डिआरके फ्लो, डिजे फारी,डिजे सोरेन,डिजे ललित र डिजे मार्भिकको समेत प्रस्तुती रहेको थियो ।
प्रतिक्रिया 4