+
+

४५० ग्यास बोक्ने बुलेट किनिँदै, उद्योगीले मागे भन्सार छुट

कुन उद्योगले कति बुलेट किन्दैछन् ?

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७३ जेठ २ गते १३:१५

LP-Gas-at-Raksaul
२ जेठ, काठमाडौं । ग्यास आयातमा प्रयोग हुने बुलेट खरिद गर्न उद्योगीहरुले सरकारसँग भन्सार छुट माग गरेका छन् । नेपाल आयल निगमले उद्योगहरुलाई आफ्नै बुलेट खरिद गर्न अनुमति दिएको छ ।

५५ वटा उद्योगका लागि ४ सय ५० वटा ग्यास बुलेट खरिद गर्न प्रक्रिया अघि बढेको हो । आपूर्ति मन्त्रालय पनि बुलेट किन्न सकारात्मक भएपछि उद्योगीहरु छुट माग्दै अर्थ मन्त्रालयमा पुगेका हुन् । दुई महिनाअघि नै उद्योगीहरुले अर्थमा भन्सार छुटको लागि प्रस्ताव गरेपनि स्वीकृति भने पाएका छैनन् ।

अहिलेसम्म नेपालमा कुनै उद्योगको आफ्नै  ढुवानी गर्ने ग्यास बुलेट छैन । अहिले भारतीय बुलेटले नेपालमा ग्यास आयात गरिरहेका छन् । यी बुलेट भित्रिएपछि भारतबाट ग्यास आयात गर्न नेपाली उद्योगको आफ्नै बुलेट हुनेछ ।

आफ्नै बुलेटले के फाइदा ?
सबै उद्योगले ग्यास बुलेट किनेपछि भारतीय बुलेटको ढुवानी एकाधिकार तोडिने नेपाल एएली ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।

‘हामी करोडौं रकम भारतीय ट्रान्स्पोर्टरलाई बुझाइहरेका छौं । हाम्रो आफ्नै ग्यास बुलेट भएपछि भारतीय बुलेटहरु प्रतिस्थापन हुनेछन्’ घिमिरेले भने ।

उनले सरकारले असाधारण महत्वको बुलेट खरिद गर्ने प्रक्रिया असहयोग गरेको आरोप लगाए । ग्यासको आयात जनतासँग जोडिएको संवेदनशील विषय भएकाले उद्योगीहरुलाई भन्सार सहुलियत दिनुपर्ने उनको माग छ ।

‘हामीले ग्यास बुलेट ल्याएपछि नेपाली चालक र सहचालकले रोजगारी पाउँछन् । बैंकहरुले ऋण लगानी गर्न पाउँछन्’ घिमिरेले भने-‘कुनै अप्ठेरो अवस्थामा भारतीय बुलेटकै भर पर्नुपर्दैन भने लाखौं रकम विदेशिन पाउँदैन ।’

एउटा बुलेट खरिद गर्न ६० देखि ७० लाख रुपैयाँ खर्च हुन्छ । सरकारले अहिले उद्योगभित्र ग्यास भण्डारण गर्ने बुलेट भित्र्याउँदा ४ प्रतिशत मात्रै भन्सार लिने गरेको छ । उद्योगीहरुले यो पनि उद्योगकै पुर्वाधार भएकाले राज्यकै सम्पत्ति जस्तै हुने तर्क गरेका छन् । त्यसैले भन्सार छुट दिनुपर्ने उनीहरुको माग छ ।

‘यो बुलेट अरु प्रयोजनमा लगाएर हामीले कमाउने होइन, यो राज्यलाई सघाउने साधन भएकाले सहयोग गर्नुपर्छ ।

कुन उद्योगले कति बुलेट खरिद गर्दैछन् ?
देशभर रहेका ५५ ग्यास उद्योग मध्ये नेपाल ग्यास उद्योगले सबै भन्दा धेरै बुलेट खरिद गर्दैछ । नेपाल ग्यासको भागमा ३३ वटा बुलेट परेको छ । त्यसैगरी  कोशी ग्यास उद्योगले २५, बाबा ग्यासले १९, गौरिशंकर, साइबाबा र सगरमाथा ग्यासले १४/१४ वटा बुलेट किन्दैछन् ।

यसैगरी एभेरेष्ट र हिमाल ग्यास उद्योगले १३/१३ वटा बुलेट किन्न अनुमति पाएका छन् भने गृहलक्ष्मी ग्यासले १२ वटा बुलेट ल्याउँदैछ ।

यसैगरी सिद्धार्थ र जानकी ग्यासले समान ११, तथा सूर्य र भेरी ग्यासले १०/१० वटा बुलेट भित्र्याउँदैछन् ।
पुरा विवरण सूचीमा हेर्नुस्

bullet listbullet list 2

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?