Comments Add Comment

दिल्ली हुँदै खाडी मुलुक बेच्न लगिएका २ किशोरीको उद्धार

Rape

२ जेठ, नेपालगञ्ज । नेपालगञ्जको जमुनाह नाका हुँदै दिल्लीबाट खाडी मुलुक बेचिन लागेका दुई किशोरीको कोहलपुरबाट प्रहरीले उद्धार गरेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्जले सिन्धुपाल्चोेकका दुई किशोरीलाई कोहलपुर बसपार्कबाट उद्दार गरेको हो । प्रहरीका अनु्सार उद्दार गरिएका दुबै किशोरीलाई दिल्लीबाट दुबई पठाउने योजना रहेको थियो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रवक्ता इन्स्पेक्टर रमेशदत्त अवस्थीले दिएको जानकारी अनुसार कोहलपुर बसपार्कमा लोकल बस चढेर जमुनाह जाने तयारीमा रहेका सिन्धुपाल्चोक दुवाचौरका दुई किशोरीको उद्दार गरिएको हो ।

उनीहरुलाई दिल्ली लैजान लागेका सिन्धुपाल्चोक दुवाचौर ४ का जिण्डु तामाङ र पाल्चोक ९ का लाक्पा सोनाम शेर्पालाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीले उद्दार गरेका किशोरीलाई सुरक्षित आवस गृहमा पठाउने तयारी गरेको र पक्राउ परेका दुई लामा र तामाङ्गलाई हिरासतमा राखेको छ ।

‘काठमाण्डौको कलंकीबाट बसको टिकट नेपालगन्जसम्मको काटेको भएपनि कोहलपुरमै झरेर लोकल बस चढ्दै गर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो’-ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरिक्षक सुरेश प्रसाद काफ्ले भने ।

उनले प्रहरी नियन्त्रणमा रहेका जिण्डुले प्रति व्यक्ति दिल्ली पुर्‍याउँदा २० हजार पाउने सर्तमा जानलागेको र लाक्पाले १ लाख ५० हजार पाउने कुरा तय भए अनुसार काठमाण्डौदेखि नेपालगन्जको बसमा चढेर कोहलपुरमै उत्रिएको प्रहरी समक्ष बयान दिएका छन् ।

प्रहरीले केरकार गरेपछि उनीहरुले नेपालगञ्ज झरेर जाँदा शंका हुने भएकाले कोहलपुरमा झरेर लोकल बसमा नाकासम्म जान लागेको स्वीकार गरेका छन् । उनीहरुसँग राहदानी माग्दा कुरियर मार्फत दिल्लीमा पुगिसकेको बताएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

दिल्ली पुगेपछि दुबईमा रहेको एजेन्टले उनीहरुको लागि आवश्यक रकम र चाँजोपाँजो मिलाउने भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment