Comments Add Comment

‘अख्तियार प्रमुखले दीक्षितलाई चिन्नुहुन्न’

न्यूयोर्क टाइम्सको सम्पादकीयमा अख्तियारको आपत्ति

lokman-and-kanakmani
२ जेठ, काठमाडौं । काठमाडौं । प्रख्यात अमिेरिकी पत्रिका न्यूयोर्क टाइम्समा गत ११ मेमा प्रकाशित सम्पादकीयप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपत्ति जनाएको छ । सो सम्पादकीय भ्रामक र पूर्वाग्रही रहेको आरोप अख्तियारले विज्ञप्तिमार्फत लगाएको छ ।

न्यूयोर्क टाइम्सले वरिष्ठ पत्रकार कनकमणी दीक्षितलाई अख्तियारले पक्राउ गरेको विषयमा सम्पादकीय लेखेको थियो । सम्पादकीयमा दीक्षितसँग अख्तियार प्रमुखको सत्रुतापूर्ण सम्वन्ध रहेकाले षडयन्त्रपूर्वक फसाउन खोजेको उल्लेख छ । दीक्षितले अनुसन्धानमा सहयोग गर्दागर्दै उनलाई पक्राउ गरिनुमा अख्तियारको दुराशय रहेको समेत न्यूयोर्क टाइम्सले ठहर गरेको छ ।

अख्तियारले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘प्रकाशित सम्पादकीय सत्य र तथ्यका कतै पनि नजिक छैन । पाठकहरुलाई दिग्भ्रमित गर्ने र अख्तियारको विषयमा गलत सन्देश प्रवाह गर्ने नियतले सम्पादकीय लेखिएको छ ।’

राज्यको यातायात कम्पनीको जिम्मेवार पदमा रहँदाका वखत आम्दानीसँग अमिल्दो सम्पत्ति रहेको बारे आएका उजुरीका आधारमा दीक्षितमाथि छानविन गरेको अख्तियारको कथन छ । छानविनमा असहयोग गरेकाले उनलाई पक्राउ गर्नुपरेको दावी पनि विज्ञप्तिमा गरिएको छ ।

‘अख्तियार प्रमुखले दीक्षितलाई व्यक्तिगतरुपमा चिन्दा पनि चिन्नु हुन्न,’ विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतले पनि उनीमाथि अनुसन्धानलाई वैधता दिएको छ ।’

क्यानडेली नागरिक रोबर्ट पेनरको विषयलाई पनि सम्पादकीयमा उठाइएको सन्दर्भमा अख्तियारले यसमा आफ्नो संलग्नता नरहेको प्रष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment