Comments Add Comment

कोलकत्तामाथि बैंग्लोरको शानदार जित

AB de Villiers and Virat Kohli४ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले कोलकत्ता नाइट राइडर्समाथि ९ विकेटको शानदार जित हात पारेको छ ।

कोलकत्ताले प्रस्तुत गरेको १८४ रनको लक्ष्य बैंग्लोरले १८.४ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान विराट कोहली र एबी डिभिलियर्सले अविजित ११५ रनको साझेदारी गरे ।

कोहली ७५ र डिभिलियर्स ५९ रनमा नटआउट रहे । यस्तै क्रिस गेलले ३१ बलमा ४९ रन जोडे ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो । उसका लागि गौतम गाम्भीर र मनिश पाण्डेले अर्धशतक पुरा गरे । गाम्भीरले ५१ रन बनाए भने पाण्डेयले ५० रन जोडे । आन्द्रे रसेलले ३९ रनको योगदान दिए ।

जितसँगै बैंग्लोर १२ खेलबाट १२ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ भने १४ अंक जोडेको कोलकत्ता दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment