+
+

रोजगारीका लागि कुवेत पुगेका एक युवाको मृत्यु

रासस रासस
२०७३ जेठ ४ गते १०:००

रोजगारीका लागि खाडीमुलुक कुवेत पुगेका म्याग्दीका एक युवाको मृत्यु भएको छ । एक हप्ताअघि मात्रै नेपालबाट कुवेत गएका मुदी गाविस–९ बगरका २२ वर्षीय केशव तिलीजामगरको मृत्यु भएको हो ।

Death-Bodyपारिवारिक स्रोतका अनुसार शनिबार राति खान खाएर सुतेका तिलीजाको सुतेकै अवस्थामा मृत्यु भएको हो ।

बिहान नउठेपछि उनीसँगै कुवेत पुगेका नेपालीले परिवारलाई निधन भएको खबर गरेका थिए । म्यानपावर कम्पनीमार्फत कानुनी प्रक्रिया पूरा गरेर कुवेत पुगेका तिलीजा कम्पनीमा काम सुरु गर्ने तयारीमा थिए ।

गरिबी, कमजोर पारिवारिक अवस्था, अस्थिरता र बेरोजगारीका कारण जीविकोपार्जनका लागि आर्थिक स्रोत जुटाउन विदेश गएका तिलीजाको पुगेको हप्ता दिन नपुग्दै निधन भएपछि परिवार र आफन्तजन शोकमा डुबेका छन् ।

शवलाई जतिसक्दो छिटो नेपाल ल्याउन पहल गरिदिन परिवारले कुवेतस्थित दूतावास, सम्बन्धित म्यानपावर कम्पनी र सरकारसँग आग्रह गरेका छन् । विवाहित तिलीजाका दुई सन्तान रहेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?