Comments Add Comment

ऐश्वर्याको फिल्म ‘भारत-पाकिस्तान’ सम्बन्ध जोड्ने विश्वास

aiswarya rai
हिन्दी चलचित्र ‘मेरी कोम’वाट चर्चामा आएका निर्देशक उमंग कुमार अर्को बायोपिक चलचित्र ‘सरबजीत’ लिएर आएका छन् । जुन चलचित्रमा ऐश्वर्या राय बच्चन र रणदीप हुड्डाले मुख्य भुमिका निर्वाह गरेकी छिन् ।

निर्देशक उमंग भन्छन्-‘बायोपिक चलचित्रका लागि स्टार हुन जरुरी छ । उमंग कुमार एउटा कुरामा आशावादी छन्, ‘सरबजीतले भारत-पाकिस्तानको सम्बन्धमा नयाँ आयाम खोज्ने छ ।’ त्यसो त चलचित्रले केही प्रश्न समेत उठाएको छ ।

उनी आग्रहको भाषामा भन्छन्-‘दुबै मुलुकका सरकारले आफ्नो अहं त्यागेर अघि बढ्नु जरुरी छ ।’ दुई मुलुकका जनताले सँधै आफुलाई मित्रका रुपमा प्रस्तुत गर्दै आएको उनको भनाई थियो । उनी भन्दै थिए-‘हामी एउटै मैदानमा क्रिकेट खेल्न सक्छौं, एउटै स्टेजमा गीत सुन्न सक्छौं भने किन मित्रतालाई थप मजबुत बनाउन सक्दैनौ ?’

फरहान अख्तरको ‘भाग मिल्खा भाग, प्रियंका चोपडाको मेरी कोम, सोनम कपुरको नीरजा, इरफान खानको पान सिंह तमोर’लगायतका बायोपिक सिनेमाले राम्रो ब्यापार गर्‍यो ।

यी सबै चलचित्रमा ठूला स्टारले काम गरेका छन् । स्टार भएपछि बायोपिक सिनेमालाई धेरै मद्दत मिल्ने निर्देशक उमंगको भनाई छ । सरबजीत पाकिस्तानमा कैद भएका सरबजीतको जीवनीमा आधारित चलचित्र हो । सन् १९९० मा गल्तीले बोर्डर पार गरेर सरबजीत पाकिस्तान पुग्छन् । जहाँ उनलाई भारतीय जासुस् भन्दै फाँसीको सजाय सुनाइन्छ ।

२३ वर्ष पाकिस्तानी जेलमा बिताएका सरबजीत सन् २०१३ मा अन्य कैदीको आक्रमणमा मारिन्छन् । भारतमा उनकी बहिनी दाजुको रिहाईको लागि आन्दोलन गर्दै हुन्छिन् । चलचित्रमा ऐश्वर्या रायले सरबजीतको बहिनीको भुमिका निर्वाह गरेकी छिन् । रणदीप हुड्डा सरबजीतको भुमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment