+
+
Shares

लेखा अधिकृत आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ४ गते १८:२७

४ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा कार्यरत लेखा अधिकृत प्रकाश आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

special-courtएक मेनपावर कम्पनीको वैदेशिक रोजगार विभागमा भएको धरौटी रकम फिर्ता दिने कार्यका लागि १० हजार रुपैयाँ घुस मागेको आरोप आचार्यमाथि लागेको छ ।

अख्तियारले लेखा अधिकृत आचार्यविरुद्ध १० हजार रुपैयाँ बिगो कायम गरी मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ (१) द्वारा परिभाषित कसुर गरेको पुष्टि हुन आएको अख्तियारको दाबी छ । उसले सोहि ऐनको दफा ३ (१) र ३ (१) (क) बमोजिम दण्ड सजाय हुन पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?